सामाजिक फीड-
जनकपुरधाम, माघ २५ गते ।
भारत र श्रीलंकामा भइरहेको आईसीसी टी-२० विश्वकपमा नेपाल आज टेस्ट टिम इंग्ल्यान्डसँ भिड्दै छ । समूह ुसीु को दोस्रो खेलमा नेपाल इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दै छ।
आज दिउँसो ३स्१५ बजे मुम्बइको वांखडे मैदानमा सुरु हुने खेलमा नेपाल आफूलाइ प्रतिस्पर्धात्मक टोलीका रुपमा इंग्ल्यान्ड विरुद्ध मैदानमा उतार्ने तयारीमा हुने छ।
नेपाली टोलीले दुबै वार्मअप खेलमा जित निकाल्दै आत्माविश्वासी रहेको छ ।
नेपाल र इंग्ल्यान्ड हालसम्म टी-२० अन्तर्राष्ट्रियमा कहिलेपनि प्रतिस्पर्धा गरेका छैनन्।
शनिबारदेखि सुरु भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भएका थिए। जहाँ एसोसिएटेड टोलीहरुले टेस्ट टोलीमाथि दबाब सिर्जना गरेपनि जित भने निकाल्न सकेनन्।
नेदरल्यान्ड्सले पाकिस्तान, स्कटल्यान्डले वेस्ट इन्डिज र अमेरिकाले भारतविरुद्ध प्रदर्शन गर्दै बलियो रहेको सन्देश दिएपनि सनसनिपूर्ण नतिजा निकाल्नबाट असफल रहे ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।