सामाजिक फीड-
जनकपुरधाम, माघ १९ गते ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह(बालेन) ले प्रदेश संरचनामा भएको खर्चले देश कमजोर भएको भाष्य नै गलत रहेको बताएका छन् । उनले प्रदेश संरचनाबारे भ्रम सिर्जना गरिएको टिप्पणी गरे । मंगलबार झापा निर्वाचन क्षेत्र नम्बर ५ का मतदातासँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।
बालेनले मतदातासँग कुराकानी गर्दा शिक्षा र स्वास्थ्यका विषयमा संविधानमा भएको व्यवस्थाअनुरूप काम गर्न बजेट अभाव रहेको कुरा बताएका थिए ।
जसको जवाफमा एक मतदाताले बजेट छैन भने प्रदेश संरचना खारेज गरे पर्याप्त पैसा बच्ने भनेपछि बालेनले भने, ‘होइन–होइन, प्रदेश संरचनामा न्यून खर्च हो । तलबमा जाने न्यून खर्च हो । त्यो पनि एक भ्रम हो । मन्त्रीले र सांसदले खाएको तलबले यस्तो स्थिति आएको होइन ।’
बालेनले नेताहरूले तलब खाएर नभई भ्रष्टाचार गरेर देश कमजोर भएको भन्दै मतदातालाई आश्वास्त पार्न खोजेका थिए ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।