Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-

जनकपुरधाम, माघ १९ गते ।

निरन्तर उकालो यात्रामा रहेको सूनको मूल्य पछिल्लो ३ दिनमा ५२ हजारभन्दा बढीले घटेको छ । सुनको मूल्य आज पनि घटेको छ । आइतबार प्रतितोला ३ लाखमा कारोबार भएको सुनको मूल्य आज घटेर २ लाख ८६ हजार ६ सय कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ४ सयले घटेको जनाएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि आज घटेको छ । आइतबार प्रतितोला ५ हजार ५ सयमा कारोबार भएकोमा आज ५ हजार २ सयमा कारोबार भइरहेको छ ।

माघ १५ गते सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको थियो । सो दिन सुन प्रतितोला ३ लाख ३९ हजार ३ सयमा कारोबार भएको थियो । महासंघका अनुसार पछिल्लो ३ दिनमा सुनको मूल्य तोलामा ५२ हजार ७ सय रुपैयाँले घटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *