सामाजिक फीड-
जनकपुरधाम, माघ १६ गते ।
नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ।
बिहीबार प्रतितोला २० हजार पाँच सय रुपैयाँले वृद्धि भई हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ शुक्रबार सोही परिमाणले घटेको हो। बिहीबार सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य घटेर प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँ कायम भएको छ।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला सात हजार पाँच सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार सात हजार ६५ रुपैयाँमा झरेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय ४० रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस पाँच हजार दुई सय सात अमेरिकी डलरमा कारोबार भइरहेको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।