Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ १५ गते ।

नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार उकालो लागिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि बुधबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। उक्त दिन सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला तीन लाख ३९ हजार तीन सय रुपैयाँ पुगेको छ। यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला २० हजार पाँच सय रुपैयाँले महँगो हो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रतितोला सात हजार तीन सय रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार सात हजार पाँच सय पाँच रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रुपैयाँले वृद्धि हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार पाँच सय ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *