Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २४ गते ।

बिहीबार नेपाली बजारमा सुनको भाउ तोलामा २ हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार ७ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ६७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि पुस १३ गते सुनले हालसम्मकै उच्च मूल्य कायम गर्दै प्रतितोला २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ पनि तोलामा १ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ४ हजार ८३५ रुपैयाँमा झरेको छ । अघिल्लो दिनको चाँदीको मूल्य हालसम्मकै उच्च रहेको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *