Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस २१  गते ।

मधेस आन्दोलनको क्रममा भएको टीकापुर हत्याकाण्डमा सर्वोच्च अदालतवाट दोषी ठहर भएर राष्ट्रपतिबाट सजाय माफी पाएका रेशम चौधरीविरुद्ध परेको रिटमा आज पेशी तोकिएको छ ।
सर्वोच्चमा दर्ता भएको मुद्दाको सुनुवाइका लागि सोमबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको हो ।

१५ जेठ २०८० मा राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको दिन पारेर चौधरीलाई तोकिएको फैसला भुक्तान नभई बाँकी सजाय माफी दिएका थिए ।
सजाय माफी विरुद्ध टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा बोहरा कडायतले रिट दायर गरेकी थिइन् ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले चौधरीलाई आममाफी दिएपछि चौधरीलाई कारागारबाट रिहा गरेपछि उनले सर्वोच्चमा रिट दायर गरेको थियो ।

कैलाली जिल्ला, दिपायल उच्च अदालतले टीकापुर घटनाका मुख्य योजनाकारका रूपमा रेशमविरुद्ध गरेको जन्मकैदको फैसलालाई सर्वोच्च अदालतले २०८० जेठ २ गते सदर गरेको थियो।

त्यसलगत्तै गणतन्त्र दिवसका अवसरमा सरकारले जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले उनलाई आममाफी दिएका थिए । सर्वोच्चको फैसलाअनुसार चौधरी थप १४ वर्ष जेल बस्नु पर्नु भए पनि आममाफीपछि सो कैद मिनाहा भएर उनी निस्किएका थिए ।
थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनले हिंसात्मक रूप लिँदा टीकापुरमा ०७२ भदौ ७ मा एक बालकसहित ७ सुरक्षाकर्मीको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *