Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुस १४ गते ।

भारतको रक्सौलबाट एसलपीजी ग्यास बोकेर धनुषाको महेन्द्रनगर आउँदै गरेको ट्यांकर रौतहटमा दुर्घटना भएको छ ।

रौतहटको चन्द्रनिगाहपुरमा सो ट्यांकर पल्टिएर दुर्घटना हुँदा चालक जयनगर थाना निवासी ३५ वर्षीय पवन यादव गम्भीर घाइते भएका छन् ।

उनको चन्द्रनिगाहपुर सिभिल अस्पतालमा उपचार भइरहेको छ । एलपी ग्यास लिक हुन थालेपछि प्रहरीले सवारी आवागमनमा रोक लगाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *