सामाजिक फीड-
जनकपुरधाम, पुस १३ गते ।
नेपाली बजारमा सुनको भाउले आइतबार पनि नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो कारोबार दिन आइतबार तोकिएको सुनको मूल्य हालसम्मकै उच्च हो। आज सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले बढ्दै २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि शुक्रबार पनि सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेर २ लाख ६९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि आज वृद्धि भएको छ। चाँदी प्रतितोला २ सय ७० रुपैयाँले बढेर ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँमा किनबेच भएको थियो।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।