Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, पुष ६  गते ।

मधेशको मुख्यमन्त्री कार्यालय गृह तथा सञ्चार मन्त्रालयमा सारियो जनकपुरधाम, पुस ६ गते। मधेस प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेश भवनभित्रै रहेको गृहसञ्चार तथा कानुन मन्त्रालयमा सरेको छ ।

जिनजी आन्दोलनको क्रममा मधेस प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय गत भदौ २३ गते जलाइएपछि मधेस भवनभित्र रहेको कवर्ड हलमा सारिएको थियो । आवश्यक भौतिक पूर्वाधार संरचना तथा फर्निचर नभएपछि जेनतेन कार्यालय सञ्चालनमा थियो । तर मुख्यमन्त्रीकै कार्यकक्ष थिएन ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवको निर्णयले सो कार्यालय गृहसञ्चार तथा कानुन मन्त्रालयमा सारिएको हो। गृहसञ्चार तथा कानुन मन्त्रालय भने मुख्यमन्त्री कार्यालय रहेको कबर्ड हलमा सारिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *