Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २६ गते ।

धनुषाको औरही खोलामा अवैध उत्खनन गरिरहेको उपकरणलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको छ । स्थानीयहरुले बटेश्वर गाउँपालिका ५ शान्तिपुर र लक्ष्मीनिया गाउँपालिका ३ को बीच भएर बग्ने औरही खोलामा अवैध उत्खनन गरिरहेको दुईवटा टिपर, स्काइभेटर र जेसिवी नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरलाई बुझाएका हुन् ।

शान्तिपुरका स्थानीय रामशरण यादवका अनुसार स्थानीय गोपाल साहले आफ्नो पोखरी पूर्र्नको लागि दुवै तर्फ रहेको तटबन्धलाई असर पर्ने गरी उत्खनन गरिरहेका छन् । स्थानीयहरु मिलेर उत्खनन गर्ने उपकरणहरु टिपर, स्काइभेटर र जेसिवी कारबाहीको लागि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा बुझाइएको उनले बताए । इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर राजकुमार यादवले यस बारेमा थप बुझेर बताउने प्रतिक्रिया दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *