Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर २ गते ।

भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा मृत्यु भएका मध्ये शहीदको सूचीमा परेका ४५ जनाको नाम जिल्ला प्रशासन कार्यालयमा राख्न गृह मन्त्रालयले पत्राचार गरेको छ ।

गृहले सबै जिल्ला प्रशासन कार्यालयहरुलाई सर्कुलर गर्दै आन्दोलनमा मारिएका ४५ जनाको नामावली राख्न निर्देशन दिएको हो।

गृहले उनीहरूलाई जेनजी सुशासन योद्धा भन्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ती नामहरु ३ दिनभित्र राख्न भन्दै पत्राचार गरेको हो । आइतबार गृहमन्त्रीस्तरीय निर्णयबाट उक्त निर्णय भएको हो।

गृहका शाखा अधिकृत पदमबहादुर खत्रीद्धारा हस्ताक्षरित पत्रमा सबै सीडीओ कार्यालयहरुलाई सम्बोधन गर्दै तीन दिनभित्र नामावली राख्न भनिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *