Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १८  गते ।

नेपालले आगामी आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरका लागि २६ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ।

नेपाल क्रिकेट सङ्घ ९क्यान० ले आज सार्वजनिक गरेको टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सिता राना मगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुबी पोदार, पूजा महतो, कविता कुँवर, रुबिना क्षेत्री, साना प्रविन, अलिशा यादव, इश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी साउद, मनिषा उपाध्याय, सीमाना केसी, अनु कडायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिना कर्माचार्य र ममता चौधरी समावेश छन्।

टोली शुक्रबारदेखि मूलपानी क्रिकेट मैदानमा बन्द प्रशिक्षण सुरु गर्नेछ। बन्द प्रशिक्षणपछि अन्तिम टोली घोषणा गरिनेछ।

ग्लोबल क्वालिफायर आगामी जनवरी १२ देखि फेब्रुअरी १ सम्म नेपालमा आयोजना हुँदैछ। प्रतियोगितामा १० देश सहभागी हुनेछन् र शीर्ष चार देशले सन् २०२६ को महिला टी-२० विश्वकपका लागि इङल्याण्डमा स्थान सुनिश्चित गर्नेछन्।

समूह विभाजन अनुसार समूह ‘ए’ मा आयरल्याण्ड, स्कटल्याण्ड, थाइल्याण्ड, अमेरिका र जिम्बाबे रहेका छन् भने समूह ‘बी’ मा नेपालसहित बङ्गलादेश, नामिबिया, नेदरल्याण्ड र पपुवा न्यूगिनी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *