सामाजिक फीड-
जनकपुरधाम, मंसिर १८ गते ।
रौतहटमा जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
बुधबार साँझ गत भदौ २३–२४ गते भएको जेनजी पुस्ताको आन्दोलन हिंसात्मक रूप लिँदा इलाका प्रहरी कार्यालय चन्द्रपुर तथा त्यहाँ रहेका सवारीसाधनमा व्यापक तोडफोड र आगजनी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक विष्णुप्रदीप बस्यालले घटनामा संलग्नमध्ये चन्द्रपुर नगरपालिका–४ का ३२ वर्षीय दीपक बस्नेत र वडा ८ का ४३ वर्षीय हरिनारायण चौधरीलाई पक्राउ गरेको बताए ।
उनीहरू विरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान जारी रहेको प्रवक्ता बस्यालले जानकारी दिएका छन्।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।