Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १७ गते ।

रौतहटमा एक हजारको ११७ थान नक्कली नोट सहित तीन जना पक्राउ परेला छन ।

सशस्त्र प्रहरीले जिल्लाको ईशनाथ नगरपालिका–४ लतमरी स्थित भारततर्फबाट नेपाल प्रवेश गर्न खोजिरहेका तीन जना युवकलाई नक्कली नेपाली नोटसहित पक्राउ गरेको हो।

सशस्त्र प्रहरी रौतहटका प्रमुख प्रहरी उपरीक्षक रामहरि अधिकारीले सशस्त्र प्रहरी बल, नेपाल बीओपी औरैयाबाट खटिएको टोलीले मंगलवार अपराह्न ४ बजे भारतीय नम्बर प्लेट विआर ०५ ए टि ०९८३ रहेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा एक हजार दरका ११७ थान नक्कली नेपाली नोट बरामद गरेको बताए ।

सशस्त्र प्रहरीले नक्कली नोटसहित देवाही गोनाही नगरपालिका ४ का २० वर्षीय गोनालाल राउत, सोही स्थानका २० वर्षीय अजय पटेल र भारतको बिहार राज्य जिल्ला पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत–२ का २३ वर्षीय जय प्रकाश कुमारलाई पक्राउ गरेको हो ।

नक्कली नोटसहित पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीको लागि प्रहरी चौकी मठियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *