Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १६ गते ।

नेपाल प्रिमियम लिग (एनपिएल) अन्तर्गत मंगलवार सम्पन्न भएको पहिलो खेलमा चितवन राइनोजलाई जनकपुर बोल्ट्सले ६ विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उक्त खेलमा १७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ अभरमा ४ विकोट गुमाउँदै १८० रन बनाएर विजयी भएको हो । साविकको विजेता टोली जनकपुर बोल्ट्सको यो पहिलो जित हो । जनकपुरका लागि अनिल शाहले ६१ रनको अर्धशतकीय पारी खेले । ३६ बल खेलेका उनले ४ चौका र ३ छक्का प्रहार गरे ।

जनकपुरका माज शदागदले ६३ रनको अर्धशतकीय पारी खेले । ३० बल खेलेका उनले ६ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै आसिफ शेखले १८ रन बनाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो।
चितवनका लागि डेभिड मलानले सर्वाधिक ८० रनको अर्धशतकीय पारी खेले । ५४ बल खेलेका उनले ४ चौका र ५ छक्का प्रहार गरे । त्यस्तै अर्जुन साउदले ३९ बलमा ५२ रनको अर्धशतकीय पारी खेले । चितवका कप्तान कुशल मल्लले ३० रनको योगदान गरे ।
जनकपुरका लागि कप्तान अनिल शाह, रुपेश सिंह, निकोल इस्टोन र माज शदागदले एक–एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *