Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १६ गते ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण रकममा ३५.४ प्रतिशत वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा स्वदेश भित्रिएको विप्रेषण रकम रु ५ खर्ब ५३ अर्ब ३१ करोड रहेको छ।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषणमा ११.९ प्रतिशतको वृद्धि भएको थियो र रकम रु ४ खर्ब ८ अर्ब ७७ करोड थियो। चालु आवको पहिलो महिना ९साउन० मा विप्रेषण २९।९ प्रतिशतले बढेर रु १ खर्ब ७७ अर्ब ४१ करोड पुगेको थियो। भदौ महिनामा भने विप्रेषण ३३।१ प्रतिशतले वृद्धि भई रु ३ खर्ब ५२ अर्ब ८ करोड पुगेको छ।

यसै अवधिमा चालु आवको पहिलो त्रैमासमा चालु खाता रु २ खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर रु २ खर्ब ६४ अर्ब ३ करोडको बचतमा रहेको छ। अघिल्लो आवको सोही अवधिमा चालु खाता रु १ खर्ब १५ अर्ब ३६ करोड र शोधनान्तर रु १ खर्ब ८४ अर्ब ९९ करोडको बचतमा थियो।

त्यसैगरी, चालु आवको पहिलो तीन महिनामा कूल वस्तु निर्यात ८९।६ प्रतिशतले वृद्धि भई रु ७२ अर्ब ७८ करोड पुगेको छ। सो अवधिमा वस्तु आयात १९।८ प्रतिशतले बढेर रु ४ खर्ब ६८ अर्ब ८ करोड कायम भएको छ। परिणामस्वरूप, कूल वस्तु व्यापार घाटा १२।२ प्रतिशतले वृद्धि भई रु ३ खर्ब ९५ अर्ब ३० करोड पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *