सामाजिक फीड-
जनकपुरधाम, मंसिर १५ गते ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका बुवा रामनारायण शाहको सोमबार मध्यान्ह निधन भएको छ। आइतबार बिहान स्वास्थ्य समस्या देखिएपछि उनलाई नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा भर्ना गरिएको थियो।
भेन्टिलेटरमा राखेर उपचार गराइए पनि अवस्था गम्भीर बन्दै गएपछि उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
स्रोतका अनुसार शाहको पिसाबमा भएको संक्रमण शरीरभरि फैलिएको थियो। सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की समेत अस्पताल पुगेको र परिवारजनलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको बताइएको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।