सामाजिक फीड-
जनकपुरधाम, मंसिर १४ गते ।
रौतहातमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका–४ गौर रोड घर भएका ३२ वर्षीय भोला साह र चन्द्रपुर–६ घर भएका २८ वर्षीय राजेश राईलाई पक्राउ गरिएको हो ।
गौर रोड नजिक प्रहरीले लागूऔषध सहित दुई जनालाई शनिबार साँझ पक्राउ गरेको हो ।
प्रहरीका अनुसार साह बैंकिङ कसुरका फरार प्रतिवादी समेत हुन् ।
प्रहरी सहायक निरीक्षक निलेश पाठकको टोलीले साहलाई घरमै नियन्त्रणमा लिएर चेकजाँच गर्दा पाइन्टको गोजीबाट १९० ग्राम ब्राउन सुगर फेला परेको हो ।
साहकै बयानको आधारमा राईलाई समेत पक्राउ गरेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएका छन् ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।