Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर १४ गते ।

प्रधानमन्त्री सुशीला कार्कीले आफूले कुनै पनि धर्म वा समुदायलाई होच्याउने उद्देश्य नराखेको स्पष्ट गर्दै प्रष्टिकरण जारी गरेकी छन्।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर विभिन्न प्रतिक्रिया आएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो भनाइको व्याख्या गर्दै सबै धर्मप्रति समान सम्मान रहेको उल्लेख गरेकी छन्।

उनका अनुसार,
“कुनै पनि धर्म वा समुदायलाई होच्याउने मेरो आशय वा नियत छैन। सबै धर्मप्रति मेरो उत्तिकै सम्मान छ। शान्ति, सद्भाव र सहिष्णुता कायम राख्न सबैले सहयोग गरिदिनुहोला,” उनले लेखेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *