Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर ११ गते ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा बिहीबार नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई १४४ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले १९.४ ओभरमा सबै विकेट गुमाएर १४३ रनमा अलआउट भयो।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए भने दिलिप नाथले ३१ रनको योगदान दिए। ओपनर डार्शी सर्ट र सुमित महर्जनले समान १८-१८ रन बनाए।

बलिङमा सुदूरपश्चिमका अविनाश बोहरा र हर्मित सिंले ३–३ विकेट लिए भने हेमन्त धामीले २ विकेट हात पारे।

अंकतालिकामा हाल सुदूरपश्चिम रोयल्स ३ खेलमा अपराजित रहँदै ६ अंकसहित शीर्ष स्थानमा छ भने लुम्बिनी लायन्स ३ खेलमा २ अंकसहित छैटौं स्थानमा छ। गत संस्करणमा दुई टोलीबीच भएको खेलमा सुदूरपश्चिम विजयी भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *