Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर ८ गते ।

वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२र८३ को पहिलो चार महिनामा रु ७५ अर्ब ५८ करोड राजस्व संकलन गरेको छ। भन्सार विभागले यस अवधिमा रु ८९ अर्ब २४ करोड संकलन गर्ने लक्ष्य तोकेको थियो, तर कार्यालयले कुल लक्ष्यको ८५ प्रतिशत मात्रै हासिल गर्न सक्यो।

साउन, भदौ र असोज महिनामा राजस्व संकलन अपेक्षाकृत राम्रो भए पनि कात्तिक महिनामा भने लक्ष्यअनुसार राजस्व जुट्न सकेन।

भन्सार प्रशासक विष्णुप्रसाद ज्ञवालीका अनुसार कात्तिकमा जेन–जी आन्दोलन, छठपर्व, बाढी लगायतका कारणले आयात–व्यापार प्रभावित भई राजस्व संकलनमा असर परेको हो।

उनका अनुसार कात्तिक महिनामा रु २३ अर्ब ६३ करोड लक्ष्य राखिएकामा वास्तविक संकलन रु १७ अर्ब ३३ करोड मात्र भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *