सामाजिक फीड-
जनकपुरधाम, मंसिर ७ गते ।
आजदेखि अन्डाको भाउ बढेको छ । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको भाउ बढाएको हो ।
ठूलो (एक्सएल) अन्डाको भाउ प्रतिक्रेट ५ सय २०, ठूलो अन्डाको भाउ प्रतिक्रेट ५ सय ५ रुपैयाँ र मध्यम अन्डाको ४ सय ९० रुपैयाँ पुगेको संघ सचिव मदन पोखरेलले बताए।
पोखरेलका अनुसार अघिल्लो दरको तुलनामा प्रतिक्रेटमा ५५ रुपैयाँ भाउ बढाइएको हो । यो मूल्यवृद्धि चितवनलाई आधार बनाएर निर्धारण गरिएको हो ।
यसअघि संघले ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ५० र मध्यम अन्डाको ४ सय ३५ रुपैयाँ तोककेो थियो । अन्डाको हालको बजार मूल्यले किसानको उत्पादन लागत मात्र उठाउन सक्ने अवस्थामा पुगेको सचिव पोखरेलको भनाइ छ ।
हाल नेपालमा दैनिक करिब ४० लाख गोटा अन्डा उत्पादन हुने गरेको अनुमान छ ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।