Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, ३ मंसिर गते ।

नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले गरेको पक्राउको कडा आलोचना गर्दै उनको तत्काल रिहाइको माग गरेका छन्।

बुधबार काठमाडौंमा स्थानीय तहका जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै ओलीले प्रसाईंलाई केवल अभिव्यक्ति दिएका कारण पक्राउ गरिएको दाबी गरे। मानव अधिकार आयोगले समेत अभिव्यक्तिको आधारमा कसैलाई थुन्न नपाइने स्पष्ट रूपमा बताइसकेको उल्लेख गर्दै उनले भने, “दुर्गा प्रसाईंलाई तुरुन्तै छाड्नुस्। बोल्न नै नपाउने पनि हुन्छरु”

ओलीले सरकारले प्रसाईंको भिडियो सार्वजनिक भएपछि रातारात गिरफ्तारी गरेर अधिकार दुरुपयोग गरेको आरोप लगाए। उनका अनुसार, दिउँसो भिडियो निकाल्यो, बेलुका समात्यो। सरकारसँग त्यस भिडियोको जवाफ छ कि छैनरु प्रश्न उठायो, भएको कुरा देखायो त्यही अपराध भयोरु”

प्रधानमन्त्री र गृहमन्त्रीलाई सम्बोधन गर्दै ओलीले सरकारले भिडिओमा उठेका प्रश्नहरूको जवाफ दिनुको सट्टा प्रतिशोधी शैलीमा गिरफ्तारी गरेको टिप्पणी गरे। उनले सरकारलाई उत्तेजना र आक्रोशका आधारमा नागरिकलाई पक्राउ गर्न नहुने चेतावनी पनि दिए।

उनका अनुसार, “कसलाई मन पर्छ नपर्छ भन्ने कुरा अलग हो। तर कुनै आधारबिना कसैलाई थुन्न मिल्दैन। भिडियो बाहिर ल्याएको मात्रै हो, त्यो अपराध कसरी भयोरु राति स्वेच्छाचारितामा पक्राउ गरेर बिहान गरे पनि हुने काममा तमासा देखाइयो।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *