सामाजिक फीड-
जनकपुरधाम, मंसिर २ गते ।
देशभर ६ लाख २० हजार नयाँ मतदाता थपिएका छन् ।
निर्वाचन आयोगका अनुसार सोमबार राति साढे ९ बजेसम्मको तथ्यांकअनुसार आयोगको नियमित सर्भरबाट ३ लाख ११ हजार ४१४ जना नयाँ मतदाता थपिएका छन् । यस्तै, राष्ट्रिय परिचयपत्रको आधारमा ३ लाख ८ हजार ५८५ जना नयाँ मतदाता थपिएका छन् ।
आयोगले जेनजीलाई लक्षित गरी अध्यादेश मार्फत् मतदाता नामावलीमा नाम दर्ता खुला गरेको हो ।
आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन जारी राखिएको आयोगले जनाएको हो ।
सुरुमा कात्तिक ३० गतेसम्म मात्रै नयाँ मतदाताका लागि नाम दर्ताको समय दिइएकोमा थपेर मंसिर ५ गतेसम्म नाम दर्ताको समय तोकिएको छ ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।