Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, कार्तिक २५ गते ।

धनुषामा एक महिलाको विभत्स हत्या भएको छ । धनुषाको हंसपुर नगरपालिका ७ नौवाखोरकी ६२ वर्षीया चन्द्रकला देवी दासको हत्या भएको हो ।

उनको सोमबार साँझ घरभन्दा ५ सय मिटर पर खेतमा अनुहार तथा टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी गणेश बमका अनुसार घटना बारे राति ९ बजे प्रहरीलाई जानकारी आएको थियो । घटना पश्चात धनुषा प्रहरीले एकजनालाई पक्राउ समेत गरेको छ ।

मृतक महिलाको गर्धनामा लगेको सुनचाँदीको गरगहनासमेत लुटेर लगिएको देखिएको छ ।

स्थानीयका अनुसार महिला मिटरव्याज पीडित हुन् । त्यसकै निहुमा उनको हत्या भएको बुझिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *