सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २३ गते ।
देशैभर मतदाता नामावली संकलनमा समस्या देखिएको छ। निर्वाचन आयोगका अनुसार मतदाता नामावली संकलनसँग सम्बन्धित सर्भरमा समस्या आउँदा काम रोकिएको हो।
जिल्ला निर्वाचन कार्यालय, काठमाडौँका प्रमुख ठाकुर भट्टराईले आइतबार सर्भरमा समस्या आएपछि काम रोकिएको जानकारी दिए। उनले भने, “जमलस्थित सर्भरमा समस्या आएको छ। हाल यसलाई मर्मत गर्ने काम भइरहेको छ। राति १० बजेसम्म पनि हामी नामावली संकलन गर्नेछौँ, त्यसैले चिन्ता लिनु पर्दैन।”
निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलनको समयसीमा तोकेको छ। अहिलेसम्म नाम दर्ता हुन छुटेका मतदाताले निर्वाचन कार्यालय पुगेर आफ्नो नाम सूचीमा लेखाउन सक्नेछन्।
आयोगका अनुसार थपिएको अवधिमा कात्तिक १९ गतेसम्म १,२४,८६१ जनाले नाम दर्ता गराएका छन्। यसअघि १ करोड ८१ लाख ६८ हजार २३० जनाको नाम मतदाता सूचीमा रहेको थियो, आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।