सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २० गते ।
नर्सहरुलाई सरकारी सेवा सरहको सुविधा प्रदान गर्ने विषयमा गठन गरिएको कार्यदलको समयावधि थप एक महिनाका लागि बढाइएको छ।
मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार, सरकार र आन्दोलनरत समूहबीचको सहमतिअनुसार कार्यदललाई मंसिर १५ गतेसम्म थप समय दिइएको हो। कार्यदलले नर्ससहित अन्य विषयहरूको विस्तृत अध्ययन गरी ठोस कार्ययोजना तयार गर्न समय आवश्यक भएकोले म्याद थप गरिएको उनले बताए।
डा। बुढाथोकीले भने, “अहिले कार्यदलले सहमतिअनुसार नर्सको सेवा सुविधा सुनिश्चित गर्न आफ्नो काम अगाडि बढाइरहेको छ। प्रतिवेदन पेश भएपछिका आधारमा सेवा सुविधा लागू गरिनेछ।”
सरकारले नर्सको सेवा सुविधा सम्बन्धमा मन्त्रालयका अतिरिक्त सचिव डा। श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा १४ सदस्यीय कार्यदल गठन गरेको थियो। कार्यदलले अस्पताल वर्गीकरणको आधारमा नर्सको सेवा सुविधा निर्धारण गरी प्रतिवेदन पेश गर्ने जनाएको छ।
संयोजक डा. श्रेष्ठले भने, “हामी तत्काल गर्न सकिने कामहरूलाई चाँडै प्रतिवेदनमा समेट्नेछौं। मन्त्रीज्यूले कानुनले रोकिएका विषयलाई पनि विधेयकमार्फत भएपनि समाधान गरेर नर्सको सेवा सुविधा सुनिश्चित गर्ने निर्देशन दिनुभएको छ। हामी सहमतिअनुसार तत्कालीन र दीर्घकालीन सेवा सुविधा लागू हुनेगरी प्रतिवेदन तयार गर्दैछौँ।”
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।