सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १८गते ।
नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि जनकपुर बोल्ट्सले नयाँ जर्सी सार्वजनिक गरेको छ ।
मंगलबार पहिलो संस्करणका विजेता समेत रहेको जनकपुरले सामाजिक सञ्जालमार्फत जर्सी सार्वजनिक गरेको हो । जनकपुरको जर्सीमा पिंक र गाढा ब्लु रङको प्रयोग भएको छ ।
दोस्रो संस्करणका लागि जनकपुरले हालसम्म वायन पार्नेल र लाहिरु मिलान्थालाई विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ ।
आसिफ शेख मार्की खेलाडी र अनिल साह कप्तान रहेको जनकपुर बोल्ट्सको मुख्य प्रशिक्षकमा वेस्ट इन्डिजका शिवनराइन चन्द्रपाल छन् ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।