समाजिक फीड
जनकपुरधाम, कात्तिक १४ गते ।
नारायणगढ-मुग्लिन सडक खण्ड पहिरोका कारण अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका-५ तुइन खोलाको नजिक पहिरो खसेपछि सडकमा आवागमन ठप्प भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखि जारी अविरल वर्षाका कारण उक्त स्थानमा पहिरो खसेको हो।
सडक अबरुद्ध भएपछि सवारीसाधनहरू बीचमै रोकिएका छन्। खनालका भनाइअनुसार पहिरो हटाई सकेसम्म चाँडो सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।