Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १२ गते ।

लगातर घट्दो क्रममा रहेको सुनको भाउ बुधबार पनि ओरालो लागेको छ। बुधबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेकोमा बुधबार घटेर २ लाख ३६ हजार ३ सय रुपैयाँमा पुगेको महासंघले जानकारी दिएको हो।

अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य हाल प्रतिऔंस ३ हजार ९५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

त्यस्तै, चाँदीको मूल्य भने आज बढेको छ। बुधबार चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर २ हजार ९६५ रुपैयाँमा पुगेको छ। मंगलबार चाँदीको मूल्य २ हजार ९२० रुपैयाँ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *