Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, कार्तिक ९ गते ।

सर्वोच्च अदालतले आगजनी गर्नेलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने जनकपुरधाम । जेनजी आन्दोलनको क्रममा अदालतमा आगजनी गर्नेहरुलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालत प्रशासनले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ ।

सर्वोच्च प्रशासनले फरेन्सिक जाँचपछि मात्रै फोहोर उठाउनुपर्ने भन्दै एक÷दुई दिनमै जाहेरी दिने तयारी गरेको हो । अदालतमा आगजनी गर्नेमा संलग्नलाई कुनै पनि हालतमा छुट दिन नहुने सर्वोच्च प्रशासनको अडान छ। न्यायालयमा तोडफोड र आगजानी गर्नेमाथिको कारवाही हुनुपर्ने भन्दै जाहेरी दिने तयारी भएको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

जेनजी आन्दोलनको क्रममा संसद भवनदेखि, सर्वोच्च अदालत, सिंहदरबारलगायतका महत्वपूर्ण सरकारी तथा निजी संरचनाहरुमा आगजनी हुँदा ध्वस्त भएका थिए । ती संरचना जलाउँदा विभिन्न रसायन प्रयोग भएको आशंका गरिएको हो। आगजनी र तोडफोड भएका संरचनाहरुमा सरकारले सरसफाइ र पुनिर्निर्माणका काम जारी राखेको छ । तर जानकारहरुले मुचुल्का र प्रमाण संकलनविना भइरहेका यस्ता कामले घटनाको यथार्थ पत्ता नलाग्ने र दोषी उम्किन सक्ने जोखिम रहेको बताउँछन्।

सर्वोच्च प्रशासन आगजनीको फरेन्सिक जाँच हुनुपर्ने अडानमा छ । गत भदौ २४ गते प्रदर्शनको क्रममा सर्वोच्चमा आगजनी हुँदा महत्वपूर्ण कागजात र अभिलेखहरु जलेर नष्ट भएका थिए ।

फरेन्सिक टेष्ट नगरी सर्वोच्च अदालत परिसरमा जलाइएका गाडी र कार्यालयको फोहोर सफाइ गर्दा प्रमाण लोप हुनसक्नेतर्फ अदालतका अधिकारीहरुले ध्यानाकर्षण गराएका थिए । आगोको प्रकृति र डिस्कर्ड ग्रुपमा भएको कुराकानीका कतिपय संवादले आगजनीमा विभिन्न रसायनको प्रयोग भएको आशंका बढेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *