सामाजिक फीड–
जनकपुरधाम, कार्तिक ९ गते ।
जनकपुरधाममा आज अधिकतम तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भैरहवा र जनकपुरधाममा अधिकतम तापक्रम ३५ डिग्रीसम्म पुग्ने छ ।
कार्तिक महिनाको दोस्रो साता चलिरहेपनि तराई मधेसको जिल्लाहरुमा गर्मी घटेको छैन् । विभागका अनुसार जनकपुरधामको न्यूनतम तापक्रम २० डिग्री सेल्सियससम्म रहने छ ।
विभागका अनुसार धनगढीको अधिकतम तापक्रम ३४, नेपालगञ्जको ३४, धारानको ३४, विराटनगरको ३४, सिमराको ३३ डिग्रीसम्म पुग्ने अनुमान छ । जुम्लामा भने राति सबैभन्दा कम १ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने अनुमान रहेको छ ।
विभागका अनुसार जोमसोम र ताप्लेजुंगमा हल्का पानी पर्ने सम्भावना समेत रहेको छ ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।