Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, कार्तिक ९ गते ।

तिहारपछि सुनचाँदी बजार खुलेको पहिलो दिन आइतबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आइतबार सुन प्रतितोला ११ हजार ६ सय रुपैयाँले घटेर २ लाख ४१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तिहारअघि, कात्तिक ३ गते, सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ थियो।

अघिल्लो मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पछिल्ला १२ वर्षयताकै सबैभन्दा ठूलो गिरावट आएको थियो। लगातार मूल्य वृद्धि हुँदै गर्दा मंगलबार भने एकैदिनमा ६ प्रतिशतभन्दा बढीले मूल्य घटेको थियो। ‘द फाइनान्सियल टाइम्स’का अनुसार, मंगलबार सुनको मूल्य प्रतिऔंस ४,०८२ डलरमा झरेको थियो, जुन सन् २०१३ अप्रिलपछि आएको सबैभन्दा ठूलो दैनिक गिरावट हो।

गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४,११३ डलरमा कारोबार भइरहेको थियो। शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द रहने भएकाले सो मूल्य यथावत् रह्यो।

यसैबीच, आइतबार चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार, चाँदी तोलामा २६५ रुपैयाँले घटेर ३,०१५ रुपैयाँमा झरेको छ। कात्तिक ३ गते चाँदीको मूल्य तोलामा ३,२८० रुपैयाँ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *