नाइजेरियामा इन्धन ट्याङ्कर विस्फोट हुँदा ७७ जनाको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, माघ ६ गते । नाइजेरियाको उत्तर मध्य नाइजर राज्यमा इन्धन बोकेको ट्याङ्कर दुर्घटनापछि भएको विस्फोटमा कम्तिमा ७७ जनाले ज्यान गुमाएका छन्। घटनामा उद्धारकर्तासहित २५ जना घाइते भएको जनाइएको छ। फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामका अनुसार ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर सुलेजा क्षेत्रमा दुर्घटना भएको थियो। ट्याङ्कर दुर्घटनापछि तेल […]
सैफअली खान माथी मध्यरातमा हमला, ६ ठाउँमा चोटपटक पछि अस्पताल भर्ना

सामाजिक फीड-माघ ३ गते – जनकपुरधाम बलिउड अभिनेता सैफ अली खान माथी ज्यान लिने हमला भएको छ । वास्तवमा मुम्बईको ब्रान्डामा रहेको अभिनेताको घरमा चोर पसेका थिए । यसै क्रममा चोरले सैफलाई आक्रमण गर्दा उनी गम्भिर रूपमा घाइते भएको जनाइएको छ । यो घटना करिब राती २ः३० बजेको हो । अभिनेता हाल लीलावती अस्पतालमा भर्ना […]
इजरायल र हमास युद्धविराम गर्न सहमत, १५ महिनामा ४६ हजारको मृत्यु

एजेन्सी-जनकपुरधाम, माघ ३ गते । इजरायल र हमास १५ महिनाको लामो युद्धको अन्त्य गर्न सहमत भएका छन्। दुवै पक्षबीच ६ साता लामो युद्धविराम सम्झौता आइतबारदेखि लागू हुनेछ। यस युद्धविरामको पहिलो चरणमा केही इजरायली बन्धकलाई रिहा गरिनेछ भने त्यसको प्रतिकार्यस्वरूप इजरायलले प्यालेस्टिनी बन्धकलाई मुक्त गर्नेछ। साथै, इजरायली सेना युद्धक्षेत्रबाट फिर्ता हुनेछ । युद्धविरामलाई प्रभावकारी बनाउन वार्ता […]
केरलामा दलित किशोरी माथी ६२ जनाद्दारा बलात्कार, ४४ पक्राउ

सामाजिक फीड-माघ २ गते – जनकपुरधाम केरलामा ५ वर्षदेखि दलित किशोरीलाई बलात्कार गरेको आरोपमा ४४ जना पक्राउ परेका छन् । केरला प्रहरीको विशेष अनुसन्धान टोली (एसआईटी) ले पथनामथिट्टा जिल्लामा एक दलित बालिकामाथी बलात्कार गर्ने ४४ जनालाइ पक्राउ गरेको ो । सो बलात्कार र यौन दुर्व्यवहारको सनसनीपूर्ण घटना बाहिरिए पछि प्रहरीले गम्भिर रूपमा अनुसन्धान गरिरहेको र […]
मलेसियामा अध्यागमन कानुन उल्लंघन गर्ने १३ नेपाली निष्काशित

सामाजिक फीड-पुष २८ गते , जनकपुरधाम । मलेसिया सरकारले अध्यागमन कानुन उल्लंघन गर्ने १३ जना नेपालीलाई निष्काशन (डिपोर्ट) गरेको छ। उनीहरू गत साता मालिन्दो एयरलाइन्समार्फत काठमाडौं आइपुगेका हुन्। वैदेशिक रोजगारीका लागि विभिन्न मेनपावरमार्फत् मलेसिया पुगेका यी नेपालीहरू कम्पनी परिवर्तन गर्ने, प्रवेशाज्ञा (भिसा) को म्याद सकिएपछि समेत काम गर्नेजस्ता अध्यागमन कानुन उल्लंघनमा संलग्न रहेको आरोपमा निष्काशित […]
क्यालिफोर्नियामा विनाशकारी वन आगलागी: १०,००० घरहरू ध्वस्त, मृतकको संख्या बढ्दै

सामाजिक फीड-पुष २७ गते – जनकपुरधाम क्यालिफोर्नियामा भीषण वन आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, यो आगलागीका कारण १०,००० भन्दा बढी घरहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। यस घटनामा केही व्यक्तिको मृत्यु भएको पुष्टि भइसकेको छ भने कैयौं घाइते भएका छन्।आगो नियन्त्रणका लागि अग्नि नियन्त्रण टोली रातदिन खटिएको छ, तर बलियो हावा […]
पाकिस्तानमा बस एक आपसमा ठोक्किदा १० को मृत्यु

सामाजिक फीड-पुष २७ गते – जनकपुरधाम पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा बस र अर्को सवारीसाधन एक आपसमा ठोक्किँदा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् । सिन्धु राजमार्गमा करक जिल्लाको अम्बरी कल्ले चोकमा गाडी र बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । तीन जनाको घटनास्थलमै र सात जनाको […]
रुसको आक्रमणमा युक्रेनमा १३ को मृत्यु, ३२ घाइते

सामाजिक फीड-जनकपुरधाम, पुस २५ गते । दक्षिणी युक्रेनी शहर जापोरिझियामा रुसले गरेको हवाई आक्रमणबाट १३ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन्। आवासीय भवनहरूलाई लक्षित गरी गरिएको गोलाबारीपछि केही भवनमा आगलागी भएको र गाडीहरू जलेको देखिएको छ। बीबीसीका अनुसार आक्रमणपछि सार्वजनिक भिडियोहरूले घटनाको गम्भीरता उजागर गरेका छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसको […]
भूकम्पबाट चीनमा मृत्यु हुनेको संख्या १२६ पुग्यो

सामाजिक फीड-जनकपुरधाम, पुस २३ गते । चीनको तिब्बतमा गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टीमा मंगलबार बिहान गएको भूकम्पमा परी घाइते हुनेको संख्या १८८ पुगेको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । मंगलबार बिहान स्थानीय समयअनुसार नेपालको उत्तरपूर्वी सीमानजिकै चीनको सिजाङ स्वशासित क्षेत्रको डिङ्ग्री काउन्टी केन्द्र भएर भूकम्प […]
शक्तिशाली भूकम्प: तिब्बतमा ९५ जनाको मृत्यु, सयौँ घरहरू भत्किएका

सामाजिक फीड-पुष २३ गते – जनकपुरधाम । चीनसहित नेपाल, भारत र भुटानका विभिन्न स्थानहरूमा शक्तिशाली भूकम्पको धक्का अनुभव गरिएको छ। भूकम्पका कारण तिब्बत क्षेत्रमा कम्तीमा ९५ जनाको मृत्यु भएको र सयौँ घरहरू भत्किएका छन्। चिनियाँ अधिकारीहरूले यस भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सीमा नजिकैको सगरमाथा क्षेत्र रहेको जानकारी दिएका छन्। भूकम्पका कारण नेपाल, भारत र भुटानमा पनि […]