Samajik Feed – News Portal from Nepal

DeepSeek को सफलताले अमेरिकामा किन बन्यो ट्रम्पको चिन्ताको विषय?

सामाजिक फीड-माघ १५ गते – जनकपुरधाम अमेरिका चीनको नयाँ एआई कम्पनी डीपसीकलाई लिएर तनावमा छ। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको कम लागतको एआई मोडल डीपसीकको उदयलाई अमेरिकी उद्योगहरूका लागि चेतावनीको रूपमा वर्णन गरेका छन्। साथै, यो टेक मोडल ल्याएपछि अमेरिकाको टेक स्टकमा पनि ठूलो गिरावट आएको छ। मियामीमा रिपब्लिकन कंग्रेसनल रिट्रीटमा बोल्दै ट्रम्पले भने […]

प्रकाश प्रदुषणले विश्वको सबैभन्दा ठुलो टेलिस्कोप खतरामा

जनकपुरधाम, सामाजिक फीड। १४ माघ । वायु, पानी र ध्वनी प्रदुषणपछि अब नयाँ खतरा बढ्दै गएको छ, त्यो खतरा हो प्रकाश प्रदूषण । प्रकाश प्रदूषणले विश्वको सबैभन्दा ठूलो टेलिस्कोपलाई खतरामा पारेको छ। अन्तरिक्षमा नजर राख्ने विज्ञहरूले पनि यसबारे चेतावनी दिएका छन् । उनीहरू भन्छन्, ‘हाइड्रोजन ऊर्जा आयोजनाबाट निस्कने प्रकाश प्रदूषणले युरोपेली सदर्न अब्जर्भेटरीको भेरी लार्ज […]

अमेरिका द्वारा USAID लगायत विभिन्न अमेरिकी अनुदानमा मा तत्काल रोक, नेपालको विकास कार्यमा पनि ठूलो समस्या पर्ने

जनकपुरधाम, सामाजिक फीड। अमेरिकी स्टेट डिपार्टमेन्टको ‘अफिस अफ फरेन एसिस्टेन्स’ का निर्देशकले शुक्रबार एक वैश्विक आदेश जारी गर्दै नयाँ विदेशी सहायता खर्चमा तत्काल रोक लगाउन र हालका अनुदान तथा ठेक्कापट्टाका कामहरू रोकिने निर्देशन दिएका छन्। ट्रम्पको ‘अमेरिका फर्स्ट’ नीतिअन्तर्गत आएको यो निर्णयले नेपालसहित धेरै विकासशील देशहरूलाई गम्भीर असर पार्ने संकेत गरेको छ। स्वास्थ्य, शिक्षा, महिला […]

अमेरिकामा ५८३ आप्रवासी पक्राउ, सैन्य विमानबाट देश निकाला प्रक्रिया शुरू

जनकपुरधाम, माघ १२ । सामाजिक फीड । डोनाल्ड ट्रम्प प्रशासनले अवैध आप्रवासीहरु विरुद्ध लगातार कारबाही गरिरहेको छ।  यसैबीच अमेरिकामा सयौं अवैध आप्रवासीलाई पक्राउ गरी देश निकाला गरिएको छ । ह्वाइट हाउसका प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले अमेरिकी अधिकारीहरूले ५३८ गैरकानुनी आप्रवासीलाई पक्राउ गरेको र सयौंलाई सैन्य विमान प्रयोग गरेर देश निकाला गरेको बताए। क्यारोलिन लेभिटले भने, […]

JetBrains ले ‘Junie’ एआई कोडिङ एजेन्ट सार्वजनिक गर्यो

सामाजिक फीड-माघ ११ गते – जनकपुरधाम JetBrains ले हालै ‘Junie’ नामक नयाँ एआई कोडिङ एजेन्ट सार्वजनिक गरेको छ, जसले कोडिङका जटिल कार्यहरू छिटो र सजिलै समाधान गर्न सक्छ। कम्पनीका अनुसार, जुन कामहरू पूरा गर्न घण्टौं लाग्न सक्थ्यो, तिनलाई Junie ले केही मिनेटमै हल गर्न सक्नेछ। JetBrains का उत्पाद प्रमुख एन्ड्र्यू ज़ाकोनोभका अनुसार, Junie विकासकर्ताहरूका लागि […]

टिकटकमाथि प्रतिबन्धपछि अनौठा घटनाहरू: प्रतिबन्ध हटे पनि एप्पल र गुगल प्ले स्टोरमा अझै उपलब्ध छैन

सामाजिक फीड-माघ १० गते – जनकपुरधाम अमेरिकामा टिकटक प्रतिबन्धसँग सम्बन्धित रोचक घटनाहरू भइरहेका छन्। केही दिनअघि टिकटकलाई १४ घण्टाका लागि प्रतिबन्ध लगाइएपछि एपलाई एप्पल र गुगल प्ले स्टोरबाट हटाइएको थियो। तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिबन्धको अवधि ७५ दिनसम्म लम्ब्याएपछि आइतबारदेखि टिकटक पुनः सञ्चालनमा आएको छ। तर, एप स्टोरमा अनुपलब्ध भए पनि मोबाइलमा पहिल्यै डाउनलोड भइसकेका […]

अमेरिकामा भीषण हिम आँधी, १० जनाको ज्यान गयो

सामाजिक फीड-माघ १० गते – जनकपुरधाम अमेरिकाका धेरै दक्षिणी राज्यहरू भीषण हिमपातबाट पीडित हुन पुगेका छन्।  अमेरिकन मिडिया रिपोर्टका अनुसार यस आँधीका कारण अहिलेसम्म करिब १० जनाको मृत्यु भइसकेको छ भने २१ सयभन्दा बढी उडान रद्द गरिएको छ । सरकारले मिसिसिपी, अलाबामा, फ्लोरिडा, जर्जिया र लुइसियानालगायत धेरै राज्यहरूमा आपतकाल घोषणा गरिएको छ । समाचार अनुसार […]

“ट्रम्पको पहिलो दिनमै ३०८ आप्रवासी पक्राउ, थप ७ लाखको छानबिन तयारी”

सामाजिक फीड-माघ १० गते – जनकपुरधाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेको पहिलो दिन अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) ले ३०८ अवैध आप्रवासीलाई पक्राउ गरेको छ । न्युयोर्क पोस्टका अनुसार सीमा सुरक्षा अधिकारी टम होमनले यो खुलासा गरेका छन् । देशका विभिन्न भागबाट यस्ता अबैध आप्रवासी पक्राउ परेका हुन् । यी गैरकानुनी आप्रवासीहरू अधिकांश […]

अमेरिकी राष्ट्रपति ट्रम्पको व्यापार नीति चीन, क्यानडा र मेक्सिकोलाई आयात शुल्कको चेतावनी

सामाजिक फीड-जनकपुरधाम, माघ ९ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमा निर्मित सामानको आयातमा फेब्रुअरी १ देखि १० प्रतिशत शुल्क लगाउनेबारे सोचिरहेको बताएका छन्। वाशिङ्टनमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले युरोपेली संघ र छिमेकी देशहरू मेक्सिको र क्यानडामाथि पनि आयात शुल्क लगाउने चेतावनी दिए। उनले मेक्सिको र क्यानडालाई फेन्टनिल औषधि र कागजातविहीन आप्रवासीहरू अमेरिकामा पठाइरहेको आरोप […]

टर्कीको एक होटलमा आगलागी हुँदा ६६ जनाको मृत्यु

एजेन्सी, माघ ९ गते । टर्कीको एक होटलमा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ६६ पुगेको छ। मुलुकको उत्तरपश्चिममा अवस्थित एक स्की रिसोर्ट होटलमा मंगलबार भएको आगलागीमा परी कम्तीमा ६६ जनाको मृत्यु भएको र ५१ जना घाइते भएको आन्तरिक मन्त्रालयले जनाएको छ। स्थानीय समय अनुसार बिहान ३ः२७ बजे बोलु प्रान्तको कार्तलकाया रिसोर्टमा रहेको एउटा होटलमा […]