Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
माघ १८ गते – जनकपुरधाम

स्विट्जरल्याण्डका वैज्ञानिकहरूले प्रशान्त महासागर मुनि पृथ्वीको भित्री भागमा रहस्यमय भूभाग फेला पारेका छन्, जसलाई उनीहरूले ‘डुबेको संसार’ नाम दिएका छन्। यो पृथ्वीको सतहभन्दा निकै गहिरो भागमा रहेको र लगभग ४ अरब वर्षअघि बनेको हुनसक्ने अनुमान गरिएको छ।

वैज्ञानिकहरूको भनाइमा यो क्षेत्र दुई टेक्टोनिक प्लेटहरूको टकराव बिन्दुमा छ। यो स्थान हालसम्म पत्ता लागेका अन्य भूगर्भीय संरचनाभन्दा फरक र अनौठो छ। आधुनिक भूकम्प तरंग प्रविधिको प्रयोगले यो खोज सम्भव भएको हो।

स्विस नेशनल सुपर कम्प्युटिङ सेन्टरमा रहेको पिज डेन्ट सुपर कम्प्युटरको सहयोगमा गरिएको अध्ययनले पृथ्वीको भित्री भागको विस्तृत नक्सा तयार पार्न सहयोग पुर्‍याएको छ। तर वैज्ञानिकहरूले यो संरचना के हो भन्ने अझै पत्ता लगाउन सकेका छैनन्।

जियोलोजिकल इन्स्टिच्युटका अनुसन्धानकर्ता थोमसका अनुसार यो खोजले रोमाञ्चक सम्भावनाहरू खोलिदिएको छ। “हामीलाई यकिन थाहा छैन कि यी स्पटहरू के हुन्, तर विस्तृत अध्ययन गरिरहेका छौं,” उनले भने।

यो पत्ता लगावले भूवैज्ञानिक सिद्धान्तहरूमा नयाँ प्रश्न उठाएको छ। वैज्ञानिकहरू यो अन्वेषणले पृथ्वीको उत्पत्ति, प्लेट टेक्टोनिक गतिविधि, र अरबौं वर्ष पुरानो इतिहासबारे महत्वपूर्ण जानकारी दिन सक्ने आशामा छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *