Samajik Feed – News Portal from Nepal

नेपालमा सामाजिक सञ्जालबन्द हुँदैन : मन्त्री खरेल

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन्। बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यमसँग आबद्ध विभिन्न संघ-संस्थासँगको छलफलका क्रममा मन्त्री खरेलले भने, सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले यसलाई बन्द गर्नुको आवश्यकता नभएको छ। उनले सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई […]

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा आजदेखी सुनुवाइ हुँदै

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १२ गते । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएको १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ हुँदैछ । सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै दायर भएका रिटमा प्रारम्भिक सुनुवाइ हुने बताए । उनका अनुसार अहिलेसम्म १६ वटा मुद्दा दायर भएका […]

आज लोक आस्थाको महापर्व छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १० गते । लोक आस्थाको महापर्व छठ आज श्रद्धा र उत्साहपूर्वक मनाइँदै छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरको पोखरी तलाउमा बनाईएको घाटमा विहनैदेखि छठको पूजा सामग्री लिएर भक्तजनहरु जान थालेका छन् । यस्तै ग्रामिण […]

सर्वोच्च अदालतले आगजनी गर्नेलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । सर्वोच्च अदालतले आगजनी गर्नेलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिने जनकपुरधाम । जेनजी आन्दोलनको क्रममा अदालतमा आगजनी गर्नेहरुलाई कारबाहीको माग गर्दै सर्वोच्च अदालत प्रशासनले प्रहरीमा जाहेरी दिने तयारी गरेको छ । सर्वोच्च प्रशासनले फरेन्सिक जाँचपछि मात्रै फोहोर उठाउनुपर्ने भन्दै एक÷दुई दिनमै जाहेरी दिने तयारी गरेको हो । अदालतमा […]

प्रधानमन्त्री कार्कीले सिफारिस गरेकी ४ मध्ये २ मन्त्री आज मात्र शपथ लिने

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । प्रधानमन्त्री सुशीला कार्कीले ४ जना मन्त्रीको नाम सिफारिस गरे पनि आज २ जनाको मात्रै शपथ हुने भएको छ। राष्ट्रपति भवन शीतल निवासमा साढे २ बजेपछि मन्त्रीहरूको शपथ कार्यक्रम हुने स्रोतले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा डा. सुधा शर्मा गौतम र युवा तथा खेलकुद मन्त्रीमा बब्लु गुप्ता सिफारिस […]

मन्त्री बन्न लागेका खगेन्द्र सुनार विवादमा मुछिएपछि छलफल जारी

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री सिफारिस भएका खगेन्द्र सुनारको नाममा विवाद भएपछि अहिले छलफल चलिरहेको छ । उनलाई मन्त्रीको शपथ खुवाउने कि नखुवाउने भन्नेबारे अहिले छलफल भइरहेको उच्च स्रोतले जनाएको हो । प्रधानमन्त्री कार्कीले सुनारसहित अन्य तीन जनालाई मन्त्रीमा सिफारिस गरेकी थिइन् । […]

जनकपुरधामको आज अधिकतम तापक्रम ३५ डिग्रीसम्म पुग्ने

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । जनकपुरधाममा आज अधिकतम तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार भैरहवा र जनकपुरधाममा अधिकतम तापक्रम ३५ डिग्रीसम्म पुग्ने छ । कार्तिक महिनाको दोस्रो साता चलिरहेपनि तराई मधेसको जिल्लाहरुमा गर्मी घटेको छैन् । विभागका अनुसार जनकपुरधामको न्यूनतम तापक्रम २० डिग्री सेल्सियससम्म रहने […]

सुशीला कार्की आज मन्त्रीपरिषद् विस्तार गर्दै, गुप्ता खेलकुद मन्त्री बन्दै

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद विस्तार गर्न लागेकी हुन । थपिन लागेका चार मन्त्रीले आइतबार दिउँसो साढे २ बजे शपथ लिन लागेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले अढाई बजेका लागि शपथको समय निर्धारण गरिएको जानकारी दिए । प्रधानमन्त्री कार्कीले खगेन्द्र सुनार, गणपतिलाल […]

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ। आदिदेव सूर्यको उपासना गरेर विशेष नियम र श्रद्धाका साथ मनाइने यस पर्वमा, आज साँझ चामल, सक्खर, र दूधबाट बनाइएको खीर प्रसादको रूपमा ग्रहण गरेर खरना मनाइन्छ। दिनभर उपवास बसेका छठ ब्रतालुले साँझ खीर बनाएर विशेष विधिपूर्वक प्रसादको रूपमा ग्रहण गर्छन्। […]

जेनजी आन्दोलनका घाइतेका लागि सरकारले ४८ लाख रुपैयाँ पठायो, क कसले पाउँछन् ?

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ४ गते । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुका लागि सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ । गृहमन्त्रालयका अनुसार भैपरी खर्चवापत उनीहरूलाई वितरण गर्न यो पैसा पठाइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चवापत प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले वितरण गर्न यो रकम पठाइएको […]