Samajik Feed – News Portal from Nepal

आज जानकीको मटकोर, भोलि विवाहपञ्चमी

सामाजिक फीड-जनकपुरधाम, मंसिर २० गते सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज पाँचौं दिन जानकीको मटकोर रहेको छ । आज दिउँसो जानकी मन्दिरबाट बाजागाजासहित पुगेर ऐतिहासिक गंगासागरमा मटकोर गरिने कार्यक्रम छ। मिथिलाको परम्परागत प्रचलनअनुसार गंगासागरमा मटकोर गरिन्छ। मटकोरमा जानकीको प्रतीकका रूपमा बालबालिकालाई सहभागी गराई परम्परागत विधिअनुसार पूजा–अर्चना गरिन्छ। साथै, उपस्थिति सयौँ नरनारीले मटकोर गीत गाउने गर्छन्। यसै […]

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

सामाजिक फीड-१७ गते जनकपुरधाम नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख ललितकुमार बुढाथोकी छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जस्थित सम्पर्क कार्यालयको टोलीले सोमबार बुढाथोकीलाई पक्राउ गरेको हो। उनलाई रोल्पा नगरपालिका वडा नम्बर ४ स्थित निवासबाट पक्राउ गरिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले बताए। सेवाग्राहीबाट […]

अहिलेसम्म करिब ३२ प्रतिशत मतदान, सबैतिर शान्तिपुर्ण

सामाजिक फीड-१६ गते जनकपुरधाम स्थानिय तहको उपनिर्वाचनमा मतदान प्रक्रिया जारी रहेको छ । बिहान ७ बजेबाट सुरु भएको मतदान ११ बजेसम्म करिब ३२ प्रतिशत सम्पन्न भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले यस तीन घण्टाको अवधिमा करिब ३२ प्रतिशत मतदान भइसकेको जानकारी दिए । उनका अनुसार सवै मतदान केन्द्रमा मतदान शान्तिपुर्ण तरिकाले सञ्चालन भइरहेको छ । नगरपालिका […]

जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव सुरु, आज पहिलो दिन नगरदर्शन

सामाजिक फीड-जनकपुरधाम, मंसिर १६ गते । जनकपुरधाममा हरेक वर्ष सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजदेखि औपचारिक रूपमा सुरु भएको छ। त्रेतायुगमा भगवान् राम र आदर्श नारी सीताको विवाहको सम्झनामा मनाइने यो महोत्सवमा धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरूको श्रृंखला आयोजना गरिन्छ। महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम रहेको छ । दोस्रो दिन सोमबार फूलबारी लीला, तेस्रो […]

धनुषामा विवाह विवादले ‘गर्लफ्रेन्ड’को हत्या

सामाजिक फीड-जनकपुरधाम, मंसिर १५ गते । धनुषामा विवाहको विषयलाई लिएर भएको विवादले एक युवतीको ज्यान गएको छ। जनकनन्दिनी गाउँपालिका–५ उधाटोलकी २० वर्षीया रेखा कुमारी मण्डलको हत्या भएको हो। रेखाको शव मंसिर ८ गते दिउँसो जनकनन्दिनी गाउँपालिका–४ खजुरीस्थित आमा खोलामा प्लास्टिकको बोरामा राखेर फालिएको अवस्थामा फेला परेको थियो। घटनाको अनुसन्धानपछि धनुषा प्रहरीले मुख्य अभियुक्तसहित तीन जनालाई […]

रवि लामिछानेको काठमाडौंमा बयान सुरू

सामाजिक फीड-१४ गते जनकपुरधाम पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने काठमाडौं जिल्ला सरकारी वकील कार्यालयमा बयान दिन थालेका छन्। उनी कास्की प्रहरीको हिरासतबाट काठमाडौं ल्याइएका हुन्। लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। मुख्य बुँदाहरू: पृष्ठभूमि स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नताबारे अनुसन्धान भइरहेको छ। यसअघि […]

सीताराम विवाहपञ्चमी महोत्सवमा दुई हजार प्रहरी परिचालन गरिने

रासस-महेन्द्रनगर,मंसिर १३ गते । मधेश प्रदेशको राजधानी जनकपुरधाममा यही मंसिर १६ गतेदेखि सुरु हुने श्री सीताराम विवाह पञ्चमी महामहोत्सवलाई व्यवस्थित तथा शान्तिपूर्ण रूपमा सम्पन्न गर्न दुई हजार भन्दाबढी सुरक्षाकर्मी परिचालन गरिने प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताएका छन् । प्रमुख जिल्ला अधिकारी कडरियाले भने, ‘विवाह पञ्चमीमा सहभागी हुन आउने लाखौँ तीर्थयात्रीहरूको सुरक्षाका लागि नेपाल प्रहरीले […]

मुख्यमन्त्री सिंह: “मधेश प्रदेशमा विकासको सम्भावना प्रचुर, तर सही सदुपयोगको अभाव”

सामाजिक फीड-१२ गते जनकपुरधाम मुख्यमन्त्री सतीशकुमार सिंहले मधेश प्रदेशमा विकासका प्रचुर सम्भावनाहरू भए पनि तिनको सही सदुपयोग र व्यवस्थापनको अभावले प्रदेशको आर्थिक विकासमा बाधा पुगिरहेको बताएका छन्। जनकपुरधाममा मंगलबार आयोजित ‘प्रभावकारी र द्रुत सेवाका लागि बहुसरोकारवालाहरू संग कार्यशाला गोष्ठी’मा उनले योजनाहरू समयमा सम्पन्न नहुनु प्रदेशको विकासको प्रमुख चुनौती रहेको उल्लेख गरे। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय […]

नेपाल प्रिमियर लिगको ट्रफीमा हिमालको पहिचान

सामाजिक फीड-१० गते जनकपुरधाम नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ ले आफ्नो पहिलो सिजनको ट्रफी सार्वजनिक गरेको छ, जसले खेलप्रेमीहरूलाई राष्ट्रिय गौरव र क्रिकेटप्रतिको प्रेमलाई झल्काउने अद्वितीय डिजाइन प्रस्तुत गर्दछ। ट्रफीमा कालापत्थरको ढुंगा समावेश गरिएको छ, जुन सगरमाथाको छेउको ऐतिहासिक स्थल हो। साथै, ट्रफीमा सगरमाथाको कलात्मक नक्शा कुँदिएको छ, जसले नेपालका हिमालहरूको सौन्दर्य र प्रेरणालाई प्रतीकात्मक […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खचाखच बेहुला-बेहुली

सामाजिक फीड-९ गते जनकपुरधाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भवनमा अत्यधिक भीड देखिएको छ। विवाह बन्धनमा बाँधिएका नवविवाहित जोडीहरू देशभरका विभिन्न गन्तव्यतर्फ प्रस्थान गर्नका लागि हवाई जहाजको प्रतीक्षामा छन्। यस विशेष दिनको महत्त्वपूर्णता यसमा छ कि मंसिर महिनामा केवल एक मात्र दिन, मंसिर ८ गते, वैवाहिक लगनको दिन परेको छ। देशभरका विभिन्न शहरहरूमा विवाहको यो […]