डा. गोविन्द केसी पुनः अनशनमा

सामाजिक फीड, काठमाडौँ, २९ वैशाख । स्वास्थ्य सेवा सुधार अभियानी डा. गोविन्द केसीले पुनः अनशन सुरु गरेका छन् । डा. केसीले शनिबारबाट २२ औँ अनशन सुरु गरेका हुन् । केसीले विज्ञप्ति जारी गर्दै तीनबुँदे माग पनि अघि सारेका छन् । पहिलो बुँदामा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजीनामा माग गरेका छन् । ‘सशस्त्र द्वन्द्वकालमा […]
कवाड व्यवसायीद्वारा प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षणपत्र बुझाइयो

सामाजिक फीड, काठमाडौँ, २९ वैशाख । कवाड व्यवसायीहरूले आफूहरूको व्यवसायमा काठमाडौँ महानगरपालिकाले अवरोध गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ध्यानाकर्षण गराएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कवाड व्यवसायी समाज नेपालका अध्यक्ष रामकेवल गुप्ताको नेतृत्वमा पुगेका व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाभित्र दर्ता भई आफ्नो पेशा तथा व्यवसाय गर्दै आएका कवाडी व्यवसायीहरूलाई विस्थापित गराउने गरी महानगरभित्रका वडा कार्यालयहरूबाट […]
तराई क्षेत्रका जलाधार व्यवस्थापनका अधिकृत प्रभात पालविरुद्ध मुद्दा दायर
सामाजिक फीड २८ वैशाख २०८१, शुक्रवार काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यक्रम कार्यान्वयन इकाइ कैलालीका अध्यक्ष चुरे–तराई मधेस संरक्षण विकास समितिका जलाधार व्यवस्थापन अधिकृत प्रभात पालविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । पालले वैशाख ५ गते सेवाग्राहीसँग एक लाख २० हजार घुस लिँदालिँदै पक्राउ परेका थिए । तटबन्ध निर्माण आयोजनाको प्रारम्भिक किस्ताको भुक्तानी […]
१४ वर्षीया बालिका बलात्कारको आरोपमा ट्रक चालक पक्राउ

सामाजिक फीड, सल्यान, २८ वैशाख । सल्यानमा १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक ट्रक चालक पक्राउ परेका छन्। सल्यानको वनगाउँड कुपिन्डे नगरपालिका–९ का २८ वर्षीय ट्रक चालक वीरबहादुर डाँगी पक्राउ परेका हुन्। वैशाख २६ गते पक्राउ परेका डाँगीमाथि कक्षा–९ मा अध्ययनरत १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोप छ । उनले वैशाख १० गते […]
कोशीको मुख्यमन्त्रीमा कार्की नियुक्त

सामाजिक फीड, विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई समर्थन गर्ने ५२ जना सांसदको हस्ताक्षर सनाखत गरेसँगै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कार्कीले आजै शपथ लिने बताइएको छ । संविधानको धारा १६८ (५) अन्तर्गत सरकार गठनको आव्हान भएअनुसार कार्कीले माओवादीको […]
कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गर्ने सांसद्लाई सनाखत गर्न बोलाइयो

सामाजिक फीड, विराटनगर. २७ वैशाख । कोशी प्रदेशमा नेकपा एमाले र माओवादीले नयाँ सरकार गठनको दाबी गरेपछि प्रदेश प्रमुख परशुराम खापुङले समर्थनमा हस्ताक्षर गरेका सांसदहरूलाई सनाखतका लागि बोलाएका छन् । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाउन एमाले र माओवादीका ५२ सांसदको हस्ताक्षरसहित आजै दाबी पेश गरिएको थियो । प्रदेश प्रमुखले बिहीबार साढे १२ […]
चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने

काठमाडौं, २६ वैशाख । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ । दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको हो । विधेयक अब राष्ट्रियसभामा पेश हुनेछ । बैठकमा अर्थमन्त्री वर्षमान पुन अनन्त सहभागी थिए । समिति सभापति जयन्ती राईले प्रतिवेदन चाँडै […]
यूके पठाइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सामाजिक फीड, काठमाडौं, २६ वैशाख । युके पठाइदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरीले सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौँ दक्षिणकाली नगरपालिका-७ बस्ने ३० वर्षीय विधान कार्कीलाई सोमबार पक्राउ गरेको हो। कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई यूके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम […]
सुनकोशी मरिण डाइभर्सनको १३.३ किलोमिटर सुरुङ ‘ब्रेक थ्रु’

सामाजिक फीडजनकपुरधाम , बैशाख २६ गते । सुनकोशी मरिण डाइभर्सन परियोजनाको १३.३ किलोमिटर सुरुङ बुधबार छिचोलिएको छ। राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो परियोजना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा सुरुङ ‘ब्रेकथ्रु’ गरिएको हो। प्रधानमन्त्री दाहालले स्विच थिचेर सुरुङ छिचोलिएको घोषणा गरेका हुन्। आयोजनाको प्रवेशद्वार कमलामाई नगरपालिका २ को कुसुमटारबाट सुरुङ खन्ने टीबीएम मेसिन सुनकोशी नदी […]
निर्वाचन आयोगविरुद्ध अदालत जान्छु: उपेन्द्र यादव

सामाजिक फीड, काठमाडौँ, २६ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अवैधानिक रूपमा पार्टी विभाजन गराउने काम गरेको भन्दै कानुनी उपचार खोज्ने बताएका छन् । आज पत्रकार सम्मेलनको आयोजन गरी उनले निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी ऐन नै भएको बेलामा गैर कानुनी तरिकाले रातारात पार्टी दर्ता […]