Samajik Feed – News Portal from Nepal

सामाजिक फीड,

काठमाडौँ, २६ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री समेत रहेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले अवैधानिक रूपमा पार्टी विभाजन गराउने काम गरेको भन्दै कानुनी उपचार खोज्ने बताएका छन् ।

आज पत्रकार सम्मेलनको आयोजन गरी उनले निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी ऐन नै भएको बेलामा गैर कानुनी तरिकाले रातारात पार्टी दर्ता भएको हो, इतिहासमा पहिलो पटक यसरी पार्टी दर्ता भएको भन्दै यसको विरुद्धमा अदालतमा जाने बताए । सैद्धान्तिक तथा वैचारिक कुनै फरक नरहेको भन्दै उनले अलग भएका नेताहरू मन्त्री बनेका छन्, सांसद बनेका छन् यो भन्दा बढी आफूले दिन नसक्ने बताए ।

अलग भएका नेताहरूले पार्टी विभाजन गर्दा कुने तर्क दिन नसकेको बताउँदै उनले व्यक्तिको व्यक्तिगत महत्त्वाकाङ्क्षा पुरा गर्न नसकिने बताउँदै उनले अहिले जुन पार्टी दर्ता भएको छ त्यो असंवैधानिक रहेको बताए । आफू निर्वाचन आयोगको विरुद्ध अदालत जाने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *