Samajik Feed – News Portal from Nepal

साउनदेखि लाइसेन्ससहित ६ कागजपत्रको काम राष्ट्रिय परिचयपत्रले गर्ने

सामाजिक फीड ३१ जेठ २०८१, बिहिवार काठमाडौँ – नागरिकहरूले राष्ट्रिय परिचयपत्र लिन नआउँदा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्डहरू थुप्रिएका छन्। अहिलेसम्म १ करोड ५९ लाख जनाले प्रक्रिया पूरा गरे पनि ३८ लाख परिचयपत्र मात्र छापिएको छ, जसमा ८ लाख जनाले मात्रै लिएका छन्। राहदानी बनाउन परिचयपत्र अनिवार्य गरिएकाले नागरिकहरूले बाध्यताबस बनाइरहे पनि यसको प्रयोग […]

सामुदायिक विद्यालयको सटर बन्द नगर्न आदेश काठमाडौँ महानगरलाई उच्च अदालतको अन्तरिम आदेश

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ उच्च अदालत पाटनले काठमाडौं महानगरपालिकालाई असार ७ गतेसम्म सामुदायिक विद्यालयका सटर बन्द नगर्न आदेश दिएको छ । बुधबार उच्च अदालतका न्यायाधीश लेखनाथ पौडेलको इजलासले यस्तो आदेश दिएको हो । तुलसीप्रसाद अगस्तीले दिएको रिटमा असार ७ गतेसम्म सामुदायिक विद्यालयले सटर बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । अदालतले असार ७ गते […]

सिंहदरवारभित्रका क्यान्टिनबाट ४ बालबालिका उद्धार

समजिक फीडजनकपुरधाम, जेष्ठ ३१ विश्व बालश्रम विरुद्धको दिवसका दिन काठमाडौँ महानगरपालिकाले संघीय प्रशासनिक सचिवालय रहेको स्थान सिंहदरबारभित्रका क्यान्टिनहरुबाट ४ जना बालश्रमिकहरुलाई उद्धार गरेको छ । यसरी उद्धार गरिएका १८ बर्षमुनिका २ जना बालक र २ जना बालिका छन् । उनीहरुमध्ये २ जना बालिकालाई सेन्ट्रल क्यान्टिनका रुपमा सञ्चालन भएको स्थानबाट १ जना बालकलाई उद्योग मन्त्रालयको क्यान्टिनबाट […]

मधेश सरकारको सांसदलाई पैसा बाड्ने निर्णयविरूद्ध सर्वोच्चको कारण देखाउ आदेश

सामाजिक फीड ३० जेठ २०८१, बुधवार काठमाडौं । सर्वोच्च अदालतले मधेश प्रदेश सभाका सांसदहरुलाई पैसा बाड्ने मधेश प्रदेश सरकारको निर्णय विरुद्ध कारण देखाउ आदेश जारी गरेको छ । बुधबार सर्वोच्चका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासले प्रदेश सरकारको सो निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गर्दै अन्तिरिम आदेशका लागि छलफलमा बोलाएको छ । मुख्यमन्त्री सिंह नेतृत्वको मन्त्रिपरिषद्को […]

उपेन्द्र यादवको रिटमाथि आज सुनुवाइ हुँदै

सामाजिक फीड, काठमाडौँ, २७ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेको मुद्दाको सुनुवाइ आज हुँदैछ ।  यादवले पार्टी फुटाएको विषयमा अशोक राई पक्षको कदम र निर्वाचन आयोगले दिएको मान्यताविरुद्ध अदालतमा दायर गरेको रिटमा आज न्यायाधीशद्धय हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासा सुनुवाई हुदै छ । योप रिट शुक्रबार सुनुवाइ […]

नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक घुससहित पक्राउ

काठमाडौँ, २५ जेठ । कपिलवस्तु नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकम सहित पक्राउ परेका छन् । अख्तियारले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले सर्वेक्षक गुप्तालाई पक्राउ गरेको हो । उनले सेवाग्राहीबाट ३५ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको ५० […]

मधेशका नवनियुक्त मुख्यमन्त्रीसहित मन्त्रीहरूले लिए सपथ

सामाजिक फीड, जनकपुरधाम, २५ जेठ । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सतिशकुमार सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शुक्रबार सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसँग पद तथा गोपनीयताको शपथ लिएका हुन् । त्यस्तै मुख्यमन्त्री सिंहसँगै नवनियुक्त मन्त्रीहरूले पनि शपथ लिएका छन् । अर्थमन्त्रीमा माओवादीका भरतप्रसाद साह, उद्योग, वाणिज्य र पर्यटन मन्त्रीमा माओवादीकै युवराज भट्टराई […]

सतिश सिंह बने मधेश प्रदेशका मुख्यमन्त्री

सामाजिक फीड, जनकपुरधाम, २५ जेठ । जनमत पार्टीका प्रदेशसभा सदस्य सतिशकुमार सिंह मधेश प्रदेशका मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले संविधानको धारा १६८ को उपधारा २ अनुसार मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने बहुमत सदस्यको समर्थन दाबी पेश गरेपछि सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् । जसपा नेपालको संसदीय दलका नेता सरोजकुमार यादवले मुख्यमन्त्रीका […]

दक्षिणकालीमा महिला र पुरुषको शव फेला

सामाजिक फीड, काठमाडौँ, २४ जेठ । काठमाडौँको दक्षिणकाली नगरपालिकामा २ जनाको शव फेला परेको छ । केराबारीस्थित भिरमा एक महिला र एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। प्रहरीका अनुसार घटनास्थलमा मोटरसाइकल पनि फेला परेको थियो । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोलीले शव निकालेको हो । बुधबार बेलुका स्थानीयले […]

सुनसरी एमालेका नवनिर्वाचित अध्यक्ष खनालको निधन

काठमाडौँ, २४ जेठ । नेकपा एमाले सुनसरीका अध्यक्ष निलम खनालको निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका खनालको उपचारका क्रममा निधन भएको हो । खनाललाई उपचारका लागि भारतको हैदरावाद लगिएकामा त्यहीँ उपचारका क्रममा उनको निधन भएको हो । उनी दुई साताअघि मात्रै सुनसरी एमालेको अध्यक्षमा निर्वाचित भएका थिए । जेठ ५ देखि ७ सम्म […]