सामाजिक फीड,
काठमाडौँ, २४ जेठ । काठमाडौँको दक्षिणकाली नगरपालिकामा २ जनाको शव फेला परेको छ । केराबारीस्थित भिरमा एक महिला र एक पुरुषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
प्रहरीका अनुसार घटनास्थलमा मोटरसाइकल पनि फेला परेको थियो । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुसीबाट टोलीले शव निकालेको हो । बुधबार बेलुका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
मोटरसाइकल दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।