काठमाडौँ, २५ जेठ । कपिलवस्तु नापी कार्यालय चन्द्रौटाका सर्वेक्षक बेचनप्रसाद गुप्ता घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियारले जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा आयोगको कार्यालय बुटवलबाट खटिई गएको टोलीले सर्वेक्षक गुप्तालाई पक्राउ गरेको हो ।
उनले सेवाग्राहीबाट ३५ हजार घुस लिइसकेको अवस्थामा उक्त रकम र स्रोत नखुलेको ५० हजारसहित नापी कार्यालय चन्द्रौटा नजिकैबाट पक्राउ गरेको अख्तियारले जनाएको छ । अख्तियारले गुप्तालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जनाएको छ ।