Samajik Feed – News Portal from Nepal

कांग्रेस सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराउँदै

सामाजिक फीड-जनकपुरधाम,माघ ६ गते । नेपाली कांग्रेसका सभापति गगन थापा सर्लाही ४ बाट उम्मेदवारी दर्ता गराउने भएका छन् । कांग्रेस नेता सुवास कुमार पोखरेलले सभापति थापा सर्लाही ४ बाट लड्ने निश्चित भएको जानकारी बताए । थापा यसअघि तीन निर्वाचनमा काठमाडौँ – ४ बाट उम्मेदवार बनी निर्वाचित भएका थिए । फागुन २१ मा हुने निर्वाचनका लागि […]

खेलकुद मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

सामाजिक फीड-जनकपुरधाम,माघ ५ गते । अन्तरिम सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनावी प्रचारप्रसार क्रममा मन्त्री गुप्ता जनकपुरधाममा छन् । गुप्ता रास्वपाको तर्फबाट चुनाव लड्ने तयारीमा छन् । जनकपुरधाममा रहेका मन्त्री गुप्ताले आफूले राजीनामा दिइसकेको बताए । गुप्ता काठमाडौँ महानगरपालिकाका मेयर पदबाट राजीनामा दिएका रास्वपाका वरिष्ठ […]

मधेशका चार प्रदेश सांसद राजिनामा दिएर एमाले उम्मेदवार बन्दै

सामाजिक फीड-जनकपुरधाम,माघ ४ गते । नेकपा एमालेबाट मधेश प्रदेश सभाका चार जना प्रदेश सांसद प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । यीमध्ये दुई जना मधेश प्रदेशका पूर्वमुख्यमन्त्री तथा एक जना पूर्वसभामुख रहेका छन् । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका प्रदेश सांसदसमेत रहेका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहलाई नेकपा एमालेले प्रतिनिधि सभा उम्मेदवार बनाउने निर्णय […]

विशेष महाधिवेशन विवादले कांग्रेस फुट्यो

सामाजिक फीड-जनकपुरधाम, पुस ३०गते । नेतृत्व परिवर्तन र पार्टी रुपान्तरणको मागलाई सम्बोधन गर्न संस्थापन पक्ष तयार नभएपछि नेपाली कांग्रेस औपचारिक रूपमा विभाजित भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको समूहले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई पाँच वर्षका लागि कारबाही गर्ने निर्णय गरेको छ। यसैबीच, विशेष महाधिवेशन पक्षले सभापतिमा गगन थापालाई चयन […]

माघ ५ गते जनकपुरधाम आइरहेका बालेनलाई महोत्तरीबाट चुनाव लडन आग्रह

सामाजिक फीड-जनकपुरधाम, पुस ३०गते । मेयरको रुपमा देशमै चर्चित रहेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई महोत्तरी बाटै लडन नेता तथा कार्यकर्ता तथा आफन्तले आग्रह गरेका छन् ।महोत्तरीको एकडारामा पुर्ख्यौली घर रहेका बालेनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको रुपमा अगाडि सारेपछि उनलाई महोत्तरीबाट चुनाव लडन उनका आफन्त एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकर्ताहरूले आग्रह गरेका छन्। आफ्नै […]

गगन-विश्वप्रकाशको अगुवाइमा सुरु संवादले कांग्रेसमा विवाद समाधानको बाटो खोल्यो

सामाजिक फीड-जनकपुरधाम, पुस २९ गते । नेपाली कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा जारी विशेष महाधिवेशनबाट उत्पन्न विवाद समाधानतर्फ उन्मुख भएको छ। पार्टीभित्र देखिएको विवाद समाधानका लागि संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच भएको पहिलो चरणको छलफल सकारात्मक रूपमा टुंगिएको हो । छलफलमा सहभागी सभापति देउवा पक्षका नेता रमेश लेखकले पहिलो चरणको छलफल […]

महोत्तरीमा निर्वाचन सुरक्षा कडा : इजाजत प्राप्त सबै हातहतियार प्रहरीलाई बुझाउन निर्देशन

सामाजिक फीड-जनकपुरधाम, पुस २९ गते । जिल्ला प्रशासन कार्यालय महोत्तरीले इजाजत लिएर राखिएका सबै हातहतियार प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै सबै हातियार अनिवार्य रुपमा बुझाउन आग्रह गरिएको हो । जिल्ला प्रशासन कार्यालयले सोमबार सूचना निकाल्दै जिल्लाभित्र रहेका सबै हातहतियार धनीलाई सूचना जारी भएको […]

मधेस प्रदेशः राष्ट्रियसभा सदस्यका सबै उम्मेदवारले पाए चुनाव चिन्ह

सामाजिक फीड-जनकपुरधाम, पुस २८ गते । मधेस प्रदेशबाट राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार रहेका ११ जनाले निर्वाचन चिन्ह पाएका छन् । दलीय हिसाबले चार पदका लागि उम्मेदवार रहेका ११ जना उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको हो । महिला समूहमा नेकपा एमालेका रेखा कुमारी झा, नेपाली कम्युनिष्ट पार्टीकी शमी कुमारी अग्रवाल र जनता समाजवादी पार्टी नेपालकी […]

सभापति देउवाले आफू निकटका नेताहरुलाई छलफलका लागि ३ बजे बोलाए

सामाजिक फीड-जनकपुरधाम, पुस २८ गते । नेपाली कांग्रेसका एक समुहले विशेष महाधिवेशन गरिरहेका समय पार्टी सभापति शेरबहादुर देउवाले आफू निकट नेताहरूलाई छलफलका लागि बोलाएका छन् । उनले दिउँसो ३ बजेका लागि छलफलमा बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिए । सभापति देउवा यसअघि आफूनिकट कानुनी पृष्ठभूमि भएका नेता तथा कानुन व्यवसायीसँग छलफल गरेका थिए । देउवाको […]

मेयर बालेनको राजीनामा दिने तयारी, झापा-५ बाट ओलीलाई चुनौती दिने तयारी

सामाजिक फीड-जनकपुरधाम, पुस २८ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आउँदो माघ ४ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्। वरिष्ठ नेताको हैसियतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका मेयर शाहले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्नुभन्दा दुई दिनअघि मेयर पदबाट राजीनामा दिने तयारी गरेको बालेनको सचिवालयका एक सदस्यले जानकारी […]