Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, चैत १ गते ।

निर्वाचन आयोगले धनुषा १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवर किशोरी साहको उम्मेदवारी खारेज गरेको विरुद्धमा परेको रिटमा सुनुवाइका लागि सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।

आइतबार न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासमा उनले दिएको रिटमा सुनुवाइ हुन लागेको हो ।
यसअघि सर्वोच्च अदालततले उम्मेदवारी खारेज गर्नुको कारण पेस गर्न आदेश दिएको थियो ।
ठेक्कापट्टाबाट राजनीतिमा प्रवेश गरेका धनुषा १ का रास्वपाका उम्मेदवार साहको नाम कालोसूचीमा रहेको उजुरीपछि निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो ।

किशोर कन्स्ट्रक्सनका किशोरीलाल साहलाई २०८० पुस ६ र २०७९ असोज ३१ मा कालोसूचीमा राखिएको कर्जा सूचनाको केन्द्र वेबसाइटमा उल्लेख छ ।
आयोगले निर्वाचनको दुई दिनअघि साहको उम्मेदवारी खारेज गरेको हो ।

यहाँ नेकपा एमालेबाट रामचन्द्र मण्डल, नेपाली कांग्रेसबाट राम पलटन साह, नेपाली कम्युनिस्ट पार्टी९नेकपा०बाट मातृका प्रसाद यादव लगायतका उम्मेदवार थिए । यो निर्वाचन क्षेत्रमा आयोगले नेकपाका मातृका यादवलाई विजयी घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *