Samajik Feed – News Portal from Nepal

लोसपाका नेता ओम प्रकाश सर्राफलाई पार्टीले टिकट नदिए पछि उनले स्वतन्त्रबाट उम्मेदवारी मनोनयन दर्ता गराउनु भएको छ ।

२४ असोज, जनकपुरधाम। नेपालको व्यापारको केन्द्रबिन्दु अर्थात् मधेशको सम्भावनाको सहर बिरगंजका युवा अभियन्ता एवं लोसपाका नेता ओम प्रकाशलाई पार्टीले टिकट दिएनन्। टिकट नपाउदा उनले स्वतन्त्रबाट चुनाव लड्ने भएका हुन्। उनले पर्सा क्षेत्र नम्बर १ (ख) बाट आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। samajik_feedsamajikfeed.com

सप्तरी क्षेत्र नम्बर २ बाट उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका हुन्।

२३ असोज, जनकपुरधाम। जसपा अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधिसभा सदस्यका लागि सप्तरी क्षेत्र नम्बर २ बाट उमेद्वारी दर्ता गराएका छन्। एमालेसँगको गठबन्धनबाट जसपाका अध्यक्ष यादवले सप्तरीबाट उम्मेदवारी दर्ता गराएका हुन्। सरकारमा रहेको जसपाले सत्तारुढ गठबन्धनबाट आफूलाई प्राप्त सिटमा चित्त नबुझाएपछि एमालेसँग गठबन्धन गर्न पुगेको हो । samajik_feedsamajikfeed.com

जुली महतोको रयाली मनोनयन पत्र दर्ता गराउन

२३ असोज, जनकपुरधाम। प्रतिनिधिसभा सदस्यका लागि धनुषा क्षेत्र नम्बर ३ बाट जुली महतोले उमेद्वारी जताएकी छिन। उनि एमाले बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो मनोनयन पत्र दर्ता गराउन जाँदै गरेकोको यो दृश्य रहेको छ। विडियो तल रहेको छ। samajik_feedsamajikfeed.com

नेपाली काँग्रेस र लोसपा बीच निम्न अनुसारको सिट बाँडफाँड गर्ने सहमति भएको छ।

२०७९ मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाली काँग्रेस र लोकतान्त्रिक सामाजवादी पार्टी बीच निम्न अनुसारको सिट बाँडफाँड गर्ने सहमति भएको छ। samajik_feedsamajikfeed.com

मधेश प्रदेशमा नेपाली काँग्रेसको सिटको बाडफाड

२२ असोज, जनकपुरधाम।मधेश प्रदेशमा नेपाली काँग्रेसको सिटको बाडफाड यसप्रकार रहेको छ।सप्तरी ३ – दिनेशकुमार यादवसप्तरी ४ – चेजुलाल चौधरी​सिरहा १ – चित्रलेखा यादवधनुषामा २ – बाँकीधनुषा ३ – बाँकीधनुषा ४ – महेन्द्र यादवबारा १ – उमाकान्त चौधरीपर्सा ३ – सुरेन्द्रप्रसाद चौधरीपर्सा ४ – रमेश रिजाल samajik_feedsamajikfeed.com

प्रचण्डले गोर्खा २ बाट निर्वाचन लड्ने।

२२ असोज, जनकपुरधाम। मङ्सिर ४ गते हुने गईरहेको प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका सबै नेताहरु आफ्नो उमेद्वारी दर्ताका लागि भगम्भाग गरि रहेका छन्। यसैबीच पूर्व प्रधानमन्त्री प्रचण्डले आफ्नु गोर्खा २ बाट चुनाब लड्ने घोसना गरेका छन्। samajik_feedsamajikfeed.com

नेकपा एमालेका नेता गंगा चौधरी सत्गौवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् ।

२१ असोज, जनकपुरधाम। चौधरी दाङ १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार हुने दौडमा थिइन् । तर एमाले नेतृत्वले शान्ता चौधरीलाई उम्मेदवार बनाउने तयारी गरेपछि चौधरी असन्तुष्ट बनेकी हुन् । संघमै दाबी गरेका रेवतीरमण शर्मालाई भने प्रदेशमा उम्मेदवार बनाउने तयारी एमालेको छ । samajik_feedsamajikfeed.com

एमाले जसपाको सहमति क्षेत्र नम्बर ३ मा अड्कियो

२१ असोज, जनकपुरधाम। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच सहमतिको अन्तिम प्रयास भइरहेको नेताहरुले बताएका छन्।जसपा नेताहरुका अनुसार एमालेसँग गठबन्धन गर्दा आफूहरुले प्रतिनिधिसभाका २४ सिट पाउने सम्भावना छ । मधेस प्रदेशको १६ र अरु प्रदेशमा ८ सिट छ । एमाले नेताहरु भने २२ सिटसम्म दिन तयार देखिएका छन् । samajik_feedsamajikfeed.com

सत्ता गठबन्धनको बैठकमा उपेन्द्र यादवको अनुपस्तिथि

२१ असोज, जनकपुरधाम। सत्ता गठबन्धनको बैठक बिहानदेखि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । तर जसपाका नेताहरु भने नआएको एक सहभागीले बताए । एमाले नेताहरुका अनुसार आजै अबेरसम्म सिट बाँडफाँट टुंग्याउने प्रयास जारी छ। यादवको अनुपस्थितिमा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको थियो । samajik_feedsamajikfeed.com