Samajik Feed – News Portal from Nepal

२३ कार्तिक, जनकपुरधाम। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले यो निर्वाचनमा राष्ट्रलाई चकित पार्ने तयारी गरेको बताउनुभएको छ, ‘देश सर्प्राइजको पर्खाइमा रहेको सुनेको छु, काठमाडौं र धरानबाट सुरु भइसकेको छ भने चितवनबाट सरप्राइज दिनेछु । यता, बाराबाट पनि यस्तै अचम्म लाग्ने आशा छ,’ उनले आज सिमरामा चुनावी प्रचारप्रसारलाई सम्बोधन गर्दै भने ।

लामिछानेले मतदातालाई धोका दिनेलाई पर्दाफास गर्ने चेतावनी समेत दिए । ‘मतदाताले भोट हाल्ने कि नदिने सीसीटीभी क्यामेरा हुने भन्दै नेताहरूले मतदातालाई आतंकित गरेको मैले सुनेको छु, तर यस्ता झूटा कुरा बोल्ने नेताहरूलाई पर्दाफास गर्न आग्रह गर्छु,’ उनले भने । विदेशमा रहेका कैयौं नेपाली युवाको उद्धारमा आफ्नो भूमिका उद्धृत गर्दै पत्रकार समेत रहेका उनले जीविकोपार्जनका लागि विदेश जानुपर्ने धेरै नेपालीको पीडा अन्त्य गर्ने नीति बनाउन आफू राजनीतिमा आएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *