Samajik Feed – News Portal from Nepal

महोत्तरीबाट श्रोत नखुलेको ८ लाख रुपैयाँसहित दुईजना पक्राउ

सामाजिक फीड- जनकपुरधाम, मंसिर ८ गते । महोत्तरीबाट श्रोत नखुलेको आठ लाख भन्दा बढी रकमसहित दुईजना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा महोत्तरीकै सम्सी गाउँपालिका ३ बस्ने वर्ष २८ का रमेशकुमार साह र रामगोपालपुर नगरपालिका सहसौलाका ३२ वर्षीय अनिल चौधरी छन् । बिहीबार सशस्त्र प्रहरी बल, नेपाल बोर्डर ओउट पोष्ट पोखरभिण्डाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै […]

जनकपुर न्यूरो हस्पिटलमा ४ वर्षीय बालकको मृत्यु, धर्ना बसेका ६ आफन्त पक्राउ

सामाजिक फीड-जकपुरधाम, मंसिर ७ गते । जनकपुरमा दुई वर्षदेखि अवैधरुपमा संचालनमा रहेको जनकपुर न्यूरो हस्पिटलमा लापरबाहीले पुनः एक चारवर्षीय बालकको मृत्यु आरोप लागेको छ । हस्टिलले बिहीबार बिहान डिस्चार्ज गरेकै बेला धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालिकोटेका ४ वर्षीय छोरा जेम्स कालिकोटेको मृत्यु भएको हो । हस्पिटलले उपचारमा लापरबाही गर्दा बालकको मृत्यु भएको […]

सर्लाहीमा स्कुल बसको ठक्करबाट एक बालकको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, मंसिर ७ गते । सर्लाहीमा स्कुल बसले ठक्करबाट बालकको ज्यान गएको छ । हरिपुर नगरपालिका ८ घर भई लालबन्दी नगरपालिका २ बस्ने वीरेन्द्र पासवानका ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको हो । नवलपुर–मलंगवा सडकखण्डमा पर्ने हरिपुर नगरपालिका वडा नम्बर ८ जुटपानीमा जिआईएस स्कूलको ना. २ क. ११० नम्बरको स्कुल बसको ठक्करबाट मंगलबार साँझ […]

बाचा पूरा गर्न हुलाकी राजमार्गमा रोजगारी खोज्दै जनमत

सामाजिक फीड-जनकपुरधाम, मंसिर ७ गते । जनमत पार्टीले हुलाकी राजमार्गमा रोजगारी सृजना गर्ने सम्बन्धी अध्ययन थालेको छ । कृषि र रोजगारीलाई मुख्य एजेण्डा बनाएर चुनावमा होमिएको जनमत पार्टीले १० लाख रोजगारी दिने बाचा गरेको थियो । हुलाकी राजमार्गलाई आधार बनाएर रोजगारी सृजना गर्ने सम्बन्धी अध्ययन गर्न जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहको नेतृत्वमा टोली खटिएका […]

मधेश प्रदेश : जसपाबाट प्रदेश सांसद बनेकी सञ्जिलाकुमारी यादवले लिइन् सपथ

सामाजिक फीड-जनकपुरधाम, मंसिर ६ गते । जनता समाजवादी पार्टी (जसपा)बाट मधेश प्रदेशसभा सदस्य बनेकी सञ्जिलाकुमारी यादव पद तथा गोपनीयताको शपथ लिएकी छन् । केहीदिन अघि समानुपातिक प्रदेश सांसद बनेकी उनलाई बुधबार मधेश प्रदेश सभा सचिवालयमा सभामुख रामचन्द मण्डलले शपथ ग्रहण गराएका हुन् । गत भदौ महिनामा जसपाकी समानुपातिक प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन एक समानुपातिक […]

सिरहाको मिर्चैयामा लाग्ने कमलदह मेलाको तयारी पूरा

सामाजिक फीड-सिरहा, मंसिर ६ गते । सिरहाको मिर्चैया नगरपालिका-९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीय स्थल कमलदहमा लाग्दै आएको ऐतिहासिक ‘कमलदह मेला’को सम्पूर्ण तयारी पुरा भएको छ । दशकौंदेखि प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिनदेखि तीन दिनसम्म लाग्दै आएको कमलदह मेलाका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको मेला समितिले जनाएको छ । मेलाको भोलि बिहीबार उद्घाटन […]

हमासको कब्जामा रहेका बन्धक रिहा गर्ने सर्तमा इजरायल छोटो अवधिका लागि युद्ध रोक्न सहमत

एजेन्सी-जनकपुरधाम, मंसिर ६ गते । हमासका कब्जामा रहेका बन्धकलाई रिहा गर्ने सर्तमा इजरायल छोटो अवधिका लागि युद्ध रोक्न सहमत भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायल बन्धकलाई घर फर्काउन ४ दिनका लागि युद्धविराम गर्न तयार भएको हो। इजरायली सरकारका अनुसार हमासले ४ दिनमा ५० बन्धक छाड्ने सम्झौता भएको छ। बन्धक छाड्ने विषयमा सम्झौताका लागि इजरायल र […]

भ्रष्टाचारी ठहर पप्पु कन्ट्रक्सनका मालिक एमालेमा प्रवेश, ओलीले गरे स्वागत

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको जसपाका नेता हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई मंगलबार पर्साको पोखरिया नगरपालिका आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् । पप्पु कन्स्ट्रक्सनका मालिक समेत रहेका रौनियार अघिल्लो संसदमा जसपाका सांसद थिए । तर उनको निर्माण कम्पनीले बनाएको […]

जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा पुस्तकालय स्थापना

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा पुस्तकालय स्थापना गरिएको छ । थुनुवाहरुको आचरण, व्यबहार र सोचमा परिवर्तन ल्याउने उद्देश्यले मंगलबारदेखि हिरासतमा पुस्तकालय संचालनमा ल्याइएको हो । पुस्तकालयको मंगलबार मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक जनक भट्टराईले उदघाटन गरेका छन् । २९ साउन मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला […]

पिकपमा लैजान लागिएको अवैध काठसहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, मंसिर ५ गते । सशस्त्र प्रहरीले रौतहटको गुजरा नगरपालिका–३ पशुपति टोलबाट अबैध काठसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने २२ बर्षको बुद्ध थिङ र २३ बर्षको सन्दिप लामा रहेको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी सुरक्षा वेश जंगल सहियाबाट सशस्त्र प्रहरी नायव निरीक्षक संजय बरालको नेतृत्वमा रहेको टोलिले अबैध रुपमा फडानी […]