सामाजिक फीड-
जनकपुरधाम, मंसिर ५ गते ।
विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएको जसपाका नेता हरिनारायण रौनियार नेकपा एमालेमा प्रवेश गरेका छन् । उनलाई मंगलबार पर्साको पोखरिया नगरपालिका आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।
पप्पु कन्स्ट्रक्सनका मालिक समेत रहेका रौनियार अघिल्लो संसदमा जसपाका सांसद थिए । तर उनको निर्माण कम्पनीले बनाएको बबई पुलमा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा हालेपछि रौनियार निलम्बनमा परेका थिए ।
विशेष अदालतले उनलाई दोषी ठहर गर्दै ३ करोड ६२ लाख २९ हजार जरिवानाको फैसला सुनाएको छ ।